नयाँ नेपालको पुरानै धर्मस्थली गा बि स
दिन् का दिन् ब्लग्
मा लेख्नै पर्ने रे नत्र भने
मेरा लोयल् भिजिटर्स् को सन्ख्या
मा कमी आउने रे येस्तो पनि
हुन्छ त? अब जहिले पनि नयाँ
नयाँ कुरा लेख्ने टाइम् पनि
चहियो अनि फेरि कुरा पनि त आउनु
पर्यो नि हैन र। जे होस् अब आइ
हाल्नु भयो मेरो गाउँ को रमणिय
दृस्य हरु हेर्नुस् अनि आफ्नो
गाउँ घर् को सम्झना गर्नुस्।
अनि हिजो मात्रै मेरो घर् को
धान् काट्ने रहिछ्। धान् काटेको
फोटो हरु हेरेर झनै मन् कट्कटि
खान्छ अनि सबैजना सङ बसेर आलु
को अचार् र चिउरा सर्बदा को
पात् मा खाएको दिन्हरु झल्झलि
सम्झन्छु। सर्बदा को पात् भने
पछि त साथि हरु छकै पर्नु भयो
हो कि हैन ल भन्नुस् त न ढाटि
कन। सर्बदा भनेको हम्रो गाउँ
घर् को भिर् भरि फुल्ने बिरुवा
हो, पात् केरा को जस्तै ठुलो
ठुलो हुन्छ क्या ।
लौ त नेपाल् मा
धान् कसरी काट्छन, चुट्छन्
हेर्न मन् लाग्या छ भने मेरो
साइट् http://blog.nayanepalnews.com/ मा पाल्नुस् न त। त्यहाँ
अरु पनि रमाइला रमाइला कार्टून्
हरु राखेको छु मन् पर्यो भने
येसो प्रतिकृया छाडिनु भये
हुन्छ नत्र भने फेरि फेरि आउँदै
गर्नु होला नि त हातेमालो गरम्
ला।साथिहरु लाइ भन्दिउ यो गाउँ
को नाम् धर्मस्थली हो र बालजु,
काठ्मान्डु बाट झन्दै हिनेर
एक् घन्टा मा पुगिन्छ । अनि
हाल् सालै माइक्रो बस् पनि
चल्न थल्या छ रे, तर म त हिडेर
या बाइक् मा जान रुचाउछु बाटो
रमाइलो छ अनि माइक्रो बस् ले
धेरै रोकेर दिक्कै लगाउँछ भन्या
।
लौ एक् चोटी फेरि सम्झन सजिलो होस् भनेर है त
http://blog.nayanepalnews.com/






Comments