डी ई मिश्रमाथि गोली प्रहार र ई साहको अपहरण

जनकपुरधाम ।महोत्तरी जिल्ला विकास समितिको प्राविधिक कार्यालयको प्रमुख तथा जिविसको निमित्त स्थानीय विकास अधिकारी कृष्णचन्द्र मिश्रलाइ जनकपुर नगरपालिकाको वडा नम्बर ४ को आनन्दनगर स्थित आफ्‍नै घरमा बुधबार राती गोली प्रहार गरिएकोछ ।मिश्रको छातीमा गोली लागेकोछ र उनको उपचार जनकपुर अञ्चल अस्पतालमा संभव नभएपछि राजधानी लिगएकोछ ।अस्पताल स्रोतका अनुसार डी.इ मिश्रको स्थिति चिन्ताजनक रहेकोछ ।डी.इ.मिश्रलाइ जिविस महोत्तरीमा व्यापक अनियमितता गरेको आरोप लगाउँदै गोली प्रहारको जिम्मेवारी जनतान्त्रिक तरार्इ मुक्ति मोर्चा (राजन मुक्ती )समुहले लिएकोछ ।प्रहरीले घटनामा संलग्न रहेकाहरुको व्यापक खोजी भइरहेको जनाएकोछ ।आनन्दनगर क्षेत्रमा अहिले व्यापक प्रहरी परिचालन गरिएकोछ ।घटनाकोजिम्मेवारी जनतान्त्रिक तराइ मुक्ती मोर्चा(राजन समुह)का अध्यक्ष राजनमुक्तीले लिएका छन ।उनले केन्द्रीय कमाण्डद्वारा गरिएको कार्वाही केन्दि्रय कमाण्डको प्लाटुन कमाण्डर प्र ले मुक्तीको नेतृत्वमा रहेको समुहले गरेकोछ ।यसैबीच धनुषा जिल्लामा एकजना इञ्जिनियरको बुधबार अपरान्ह अपहरण गरिएकोछ धनुषा जिल्ला स्थित खरिहानी गाउँ विकास समिति स्थित पैतृक घरबाट जनकपुर तफ आउँदै गरेको बेला इञ्जिनियर जामुन साहलाइ अपहरण गरिएकोछ ।खरिहानी गाउँ विकास समिति वडा नम्बर ३ घर भएको इ.साह जनकपुर ढल्केवर सडक खण्ड मध्ये सपही जनकपुर खण्डको सडक ठेक्केदारको कन्सलटेन्टको रुपमा कार्यरत्त रहेका थिए । इ.साहलाइ खरिहानीको गेरुवाही नदीबाट अपहरण गरिएको बताइएकोछ इ.साह र उनीसँगै रहेको परिवारजन मध्ये साहलाइ मात्र गाडीबाट पैदल अज्ञात स्थल तफ लगिएको बताइएकोछ । इं साहसँगै उनका परिजनहरु दुइवटा जीपमा सवार रहेका थिए ।जीपलाइ नदीमा दुइ घण्टा भन्दा बढी समय सम्म रोकेर राखिएको र पछि परिजनलाइ फिर्ता खरिहानी तर्फ पठाइएको थियो ।इ.साहको स्थिति अज्ञात छ ।जीप अबेर राती सम्म नदीमै रहेको थियो ।प्रत्यक्षदर्शीहरुका अनुसार दश जनाको संख्यामा रहेका सशस्त्र समुहले इ.साहलाइ पैदल लगेकोछ ।पिताको वार्षिक श्राद्ध सकेर उनी सपरिवार आजै जनकपुर फर्कन लागेको बेला दिउँसो करिब साढे चार बजे नदीमा पहिले नै कुरेर बसिरहेको सशस्त्र समुहले अपहरण गरेकोछ ।

 

What did you think of this article?




Trackbacks
  • No trackbacks exist for this entry.
Comments
  • No comments exist for this entry.
Leave a comment

 Enter the above security code (required)

 Name

 Email (will not be published)

 Website

Your comment is 0 characters limited to 3000 characters.